संगीत । गायक राज सिग्देलको स्वरमा रहेको ‘सोच तिम्रो’बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा लामो समयदेखि अमेरिकामा रहँदै आउनु भएका गीतकार पदम विश्वकर्माको स्वर छ । यस्तै गीतमा राम कार्कीको संगीत छ । संगीतकार रामले आफ्नो जीवनमा धेरै गीतमा संगीत भरेको र तीमध्ये मनले राम्रो भनेको लिष्टमा यो गीत पनि पर्ने बताउनु भएको छ ।
द पिक स्टुडियोमा रेकर्ड भएको यो गीत को भिडियोमा दीपक आचार्य र इष्टु कार्कीले अभिनय गर्नुभएको छ । यस्तै मुना सिलवाल र प्रसन पोखरेललाई पनि देख्न सकिन्छ । इस्टु लोकप्रिय हाँस्य टेलिशृंखला ‘हल्का रमाइलो’को कलाकार हुनुहुन्छ । सुरेश थापाले निर्देशन गरेको भिडियो सागर गौतमले खिचेका छन । भिडियो अभिनायक सेरचनले सम्पादन गरेका छन् । यस भिडियोका निर्देशक सुरेश थापा पनि हाँस्य टेलिशृंखला ‘भद्रगोलका’ निर्देशक हुनु ।
कमेन्ट गर्नुहोस्










