फिल्म । आउँदो मङ्सिर २० लाई प्रदर्शन मिति तय गरेको फिल्म ‘माया पिरिम’ को पोस्टर सार्वजनिक भएको छ । फस्टलुक अन्तर्गत सार्वजनिक गरिएको पोस्टरमा फिल्मका अधिकांस कलाकार अटाएका छन् । टेक पौरखी राईको निर्देशनमा बनेको फिल्मको कथा सबिन अधिकारीले लेखेका हुन् । प्रविन थापा र सबिन अधिकारी निर्माता रहेको फिल्ममा सागर बस्नेत र कोषराज दाहाल कार्यकारी निर्माता र मोहन मरासैनी र युवराज दाहाल सह निर्मातामा रहेका छन् ।
फिल्ममा कोशिश क्षेत्रि,सलोन बस्नेत,किरण चन्द,अन्जली अधिकारी,अर्जुन गुरुङ,कालु राना,जयनन्द लामा,अरुणा कार्की,अनुपमा भण्डारी,विशाल पहाडी,टेक पौरखी राई,सागर बस्नेत लगाएतका कलाकारको अभिनय रहेको छ । निरज कंडेलले छायांकन रहेको फिल्मलाई जीवन थापाले सम्पादन गरेका हुन् । यसमा श्री श्रेष्ठको द्वन्द,कोशिश क्षेत्रिको संगीत,शिशिर खातीको कोरियोग्राफी रहेको छ ।










