७१ औ वर्षमा डेनी

फिल्म । प्रसिद्ध भिलेन डेनी डेन्जोङ्गपा आजबाट ७१ वर्षमा प्रवेश गरेकाछन् । नेपाली , हिन्दी , तमिल , तेलुगु , बंगाली लगायतका फिल्ममा अभिनय गरेका डेनी अभिनेतासँगै राम्रो गायक पनि हुन् । सन् १९४८ को फेब्रुअरी २५ मा सिक्किमको गान्तोकमा जन्मिएका डेनीले १ सय ९० बढी फिल्ममा अभिनय गरिसकेका छन् । सन् १९७१ मा रिलिज भएको फिल्म ‘जरुरत’ मार्फत उनले बलिउडमा इन्ट्री गरेका थिए । त्यसपछी उनले फर्केर हेर्नु परेन ।

उनि भारतीय र नेपाली फिल्ममा उत्तिकै व्यस्त भए । उनको क्रुरतालाई दर्शकले रुचाए । उनि फिल्म फेयर अवार्डमा सन् १९७९ मा फिल्म देवता मार्फत पहिलो पटक नोमिनेट भएका थिए तर उनले अवार्ड भने सन् १९९२ मा फिल्म सनम बेबफामा मार्फत सपोर्टिंग एक्टरको अवार्ड जितन सफल भए । उनि अभिनित पछिल्लो बलिउड रिलिज मनिकर्निका रहेको थियो ।

कमेन्ट गर्नुहोस्