फिल्म । हलिउड अभिनेता टम क्रुज अभिनित हिट सिरिज मिसन इम्पोसिबलको फ्यानलाई खुसिको खबर रहेको छ । पछिल्लो सिरिज फलआउटको सफलताले यस फ्रान्चाइजका थप दुई फिल्म आउने निर्माण कम्पनिले जनाएको छ । सन् १९९६ मा पहिलोपटक रिलिज भएको ‘मिसन इम्पोसिबल’का सातौं र आठौं श्रृखंलामा टम क्रूज नै इथन हन्टको भूमिकामा देखिने भएका छन् । सन् २०२१ र २०२२ मा रिलिज गर्ने तयारी सहित निर्माण कम्पनिले फिल्म तयार गरिरहेको छ । यद्दपी पछिल्लो समय फैलिएको कोरोना भाइरस (कोभिड १९) को महामारीको कारण सिर्जना भएको अवस्थाले यसलाई असर गर्न सक्छ । टमको फिल्महरुमा अत्यधिक रुचाइएको सिरिज भएकाले यसको दुइ सिरिजलाई एकै पटक खिच्न लागिएको हो ।
इथन भूमिकामा टमलाइ हेर्ने फ्यानको लागि यो पक्कै खुसिको खबर हुनेछ । मिसन इम्पोसिबल सिरिज स्टार्ट भएको झन्डै २३ वर्ष भईसक्दा पनि इथनको भूमिकामा देखिएका टमको इनर्जीमा कमि देखिएको छैन । उनले फ्यान बढाउदै छन् । टमको दुई नयाँ सिरिजलाई क्रिष्टोफर म्याक्वायरले निर्देशन गर्नेछन् । उनले यसअघि रग नेशन र फलआउटलाई निर्देशन गरेका थिए । पछिल्लो फिल्म ‘फलआउट’ सिरिजकै सबै भन्दा बढी कमाउने फिल्म हो । यसैले दुई नयाँ सिरिज निर्देशकको कार्यभार क्रिष्टोफरलाई दिइएको हो । यसको दुई सिरिजलाइ लगातार खिचिनेछ । (एजेन्सी)