प्रेमको पहिलो चरण

गसिप । लकडाउन नहुँदै पनि साम्राज्ञीराज्यलक्ष्मी शाहको दिनचर्या प्रेमी देवांश राणाको वरिपरि सीमित थियो। सुटिङमा गइन् भने गइन्, गइनन् भने उनको दिन प्रेमीसँग बित्थ्यो। झन् लकडाउन भएपछि त भन्नै परेन चाहेर पनि बाहिर निस्कन पाइएन। तर, यो बसाइले साम्राज्ञीलाई देवांशबारे झन् धेरै जानकार बनाएको छ। इन्स्टामा बेलाबखत उनको यो जानकारी पोखिन्छ। धेरैजसो देवांशसँगको फोटो राख्ने साम्राज्ञीले केही दिनअघि भने देवांशको मात्र फोटो राख्दै लेखिन्, ‘यो मान्छे गज्जबको छ। बाहिर र भित्र दुवैतिरबाट।’

‘प्रेम रहुञ्जेल आकाशको तारा झार्ने, छुटेपछि बंगारा झार्ने’ प्रेमी–प्रेमिकालक्षित आधुनिक उखानै छ। साम्राज्ञी देवांशको मामलामा पहिलो चरणमा छिन्। जे पनि राम्रो देखिने समय छ। हाम्रो कामना छ– उनीहरूको प्रेम बंगारा झार्ने चरणमा नपुगोस्। तर, इतिहास साक्षी छ, साम्राज्ञी पूर्वप्रेमी मयंक खड्काको पनि कम तारिफ गर्दिनथिन्। लास्टाँ’ के भो रु सबैलाई थाहा छ। साम्राज्ञीले तारिफ गर्दा त्यही पिर लाग्ने के ! (सम्पूर्ण साप्ताहिकबाट साभार)

कमेन्ट गर्नुहोस्