राजेश हमाललाई चकित पार्ने पोस्टर

फिल्म । नेपाली फिल्मका अभिनेता राजेश हमाल लगभग आठ वर्षपछि पर्दामा प्रस्तुत हुँदैछन् । आफ्ना फिल्मले आशातित व्यापार गर्न नसकेपछि अभिनेता हमाल मेला, महोत्सव, सानो पर्दा र विज्ञापनमा रमाए । तर, फिल्म ‘नरसिंहा अवतार’ मार्फत उनी कमब्याक गर्न तयार भएँ । उनले यसको कारण कथावस्तु भनेका छन् ।

यसका साथै निर्माण पक्षले हालै यसको पोस्टर तथा रिलिज डेट घोषणा गर्न एउटा कार्यक्रम गर्यो । उक्त कार्यक्रममा आफ्नो पोस्टर देखेर अभिनेता हमाल चकित देखिए । ६० फिट लामो पोस्टर सार्वजनिक गर्दै उनले आफ्ना लागि नयाँ अनुभव रहेको बताए ।

उनले भने,’मैले धेरै वर्ष अभिनेताको रुपमा बिताईसके तर अहिलेसम्म यति ठूलो पोस्टर देखेको छैन । यो मेरो लागि नयाँ अनुभव हो । फिल्मी करिअरमा यति लामो पोस्टर अहिलेसम्म देखेको छैन ।’

निर्माताले फस्टलुक रिलिज कार्यक्रममा यति ठूलो पोस्टर किन बनाए ? अभिनेता हमालको ८ वर्षपछिको पुनरागमन भएकाले पनि यो अवसर सेलिब्रेसनको लागि यति ठूलो पोस्टर बनाउनुपरेको निर्माताको भनाइ छ ।

दिवाकर भट्टराइको निर्देशन र पटकथामा तयार भएको फिल्ममा हमालसहित नीर शाह, राज कटुवाल, नीति शाह, सरोज खनाल, सनिशा भट्टराई, प्रशान्त ताम्राकार, दीपा शाही लगायतको अभिनय छ । दीपक ढकाल, नरेन्द्र महर्जन, ध्रुव न्यौपाने, नेम महर्जनको लगानी छ ।

कमेन्ट गर्नुहोस्