मिस युनिभर्सको उपाधि मेक्सिकोले जित्यो

सौन्दर्य । सोमबार विहान सम्पन्न ‘मिस युनिभर्स २०२०’ को उपाधि मेक्सिकोकी एन्ड्रिया मेजालेजितेकी छिन् । उनलाई पूर्व मिस यूनिभर्स जोजिबिनी टुन्जीले ताज लगाइदिएर मिस युनिभर्सको टाइटल हस्तान्तरण गरिन् । फ्लोरिडा स्थित सेमिनोल हार्डरक होटेल एण्ड क्यासिनो हलिउडमा सम्पन्न प्रतियोगीतामा सफ्टवेयर इन्जिनियरिङमा डिग्री हासिल गरेकी यी सुन्दरीले उपाधी जितेकी हुन् ।

‘यदि तपाई देशको लिडर हुनुभयो भने कोभिड १९ नियन्त्रणका लागि कस्तो कदम चाल्नुहुन्छ ?’ भन्ने प्रश्नमा दिएको जवाफले उनलाई उपाधि जिताउन सफल भएको हो । सम्पन्न प्रतियोगितामा ब्राजिलकी जुलिया गामा फस्ट रनरअप , पेरुकी ज्यानिक मासेटा सेकेन्ड रनरअप भएकी छिन् । मिस युनिभर्समा नेपालको तर्फबाट अंशिका शर्माले सहभागिता जनाएकी थिइन् । उनले प्रस्तुत गरेको नेशनल कस्ट्युमको चर्चा भएता पनि उनको यात्रा टप २१ सम्म पनि पुग्न सकेन । गतवर्ष कोरोनाभाइरस महामारीको कारण प्रतिस्पर्धा स्थगित भएको थियो ।

कमेन्ट गर्नुहोस्