बोर्ड र सेन्सरमा सदस्यहरु नियुक्त

0 Shares

फिल्म । संचार, सूचना तथा प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्ड र चलचित्र सेन्सर बोर्डमा रिक्त पदहरुमा सदस्य नियुक्त गरेको छ । चलचित्र विकास बोर्डको सदस्यमा निर्माता अर्जुनकुमार डंगोल, निर्देशक प्रकाश भट्टराई र कलाकार राज कटुवाल नियुक्त भएका छन् ।

यस्तै, चलचित्र सेन्सर बोर्डको सदस्यमा चलचित्र पत्रकार सन्तोष कुमार थापा र मिनाक्षी कोइराला नियुक्त भएका छन् । सन्तोष रंग पत्रकारितामा सक्रिय छन् भने मिनाक्षीले म्यूजिक भिडियो निर्देशन समेत गरिसकेकी छिन् ।

नियुक्त भएका पाँचै जना सदस्यहरुको कार्यकाल २ बर्षको हुनेछ । संचारमन्त्री पार्वत गुरुङले विकृती र विसंगतीरहित चलचित्र क्षेत्र बनाउन भूमिका खेल्न सबैसँग आग्रह गरे । उक्त समारोहमा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल पनि उपस्थित थिए । चलचित्र विकास बोर्डको अध्यक्ष र सदस्य तथा चलचित्र सेन्सर बोर्डको सदस्य पदमा राजनीतिक नियुक्त हुने गर्दछ ।

कमेन्ट गर्नुहोस्