फिल्म । पूजा गुरुङ र जश्मिन श्रेष्ठको लगानीमा निर्मित फिल्म ‘हली’ को प्रमोशनल गीत ‘चान्स पाएँ त’ आज काठमाडौंमा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको छ । बाबुल गिरी र शान्ति श्री परियार को स्वर, जश्मिन श्रेष्ठ को शब्द र बाबुल गिरी को सङ्गीत रहेको यो गीतको भिडियोलाई आकर्षक बनाइएको छ ।
सुभ चिरायू फिल्मस् र जापुरा फिल्मस् प्रोडक्सनको सहकार्यमा निर्मित यो फिल्मको लेखन र निर्देशन ओम प्रतिकले गरेका छन् । गीतको भिडियोमा मुख्य नायक प्रमोददीप सँगै दीपाश्री निरौला, किरण केसी, दिलीप रायमाझी, प्रियंका कार्की र पूजा शर्माको सशक्त नृत्यले दर्शकको ध्यान खिच्छ । भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी र विपिन मल्लले सम्पादन गरेका छन् ।
वास्तविक जीवनका घटनाबाट प्रेरित यो फिल्ममा नम्रता भण्डारी सह-निर्मात्री छिन् । फिल्ममा प्रमोद दीप, सुजता थापा, ओम प्रतिक, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, नविन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले र विशाल पहाडीको अभिनय छ । अर्जुन भुसाल कार्यकारी निर्माता, लक्ष्मण बज्राचार्य लाइन प्रोड्यूसर र जीवननाथ गौतम मुख्य सहायक निर्देशक छन् ।
राहुल राईको छायांकन, राम प्रसाद चौधरीको सम्पादन, कुमार महर्जनको एक्सन र शम्भुजित बास्कोटा, बाबुल गिरी र कृष्ण भारद्वाजको सङ्गीतले फिल्मलाई जीवन्त बनाएको छ । कार्यक्रममा निर्मात्री जश्मिन श्रेष्ठले फिल्मले एक ‘हली’ मार्फत देशमा परिवर्तन ल्याउने कथा प्रस्तुत गर्ने बताइन् । उनले दर्शकको साथ पाएमा निरन्तर फिल्म निर्माणमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गरिन् ।










