‘आम नागरिक’को गीत रेकर्ड

सङ्गीत । क्षित बाबु प्रोडक्सन हाउसको व्यानरमा बन्न लागेको फिल्म ‘आम नागरिक’को गीत रेकर्ड गरिएको छ । ‘जब तिमीसँग मिठो प्यार भयो’ बोलको गीतमा पवित्रा परियारको स्वर, डा. भोला रिजालको शब्द र अर्जुन पोखरेलको संगीत छ । गीत अनामनगरस्थित ए प्लस स्टुडियोमा रेकर्ड गरिएको हो ।

फिल्मका प्रस्तुतकर्ता पुस्कर राउत हुन् । यो फिल्मको सार्वजनिक फस्टलुकले राम्रो चर्चा पाइरहेको छ । सार्वजनिक पोस्टरमा फिल्मका प्रमुख पात्रले शरीरको पछिल्लो भागमा खुकुरी बोकेर उभिएको देखाइएको थियो । पृष्ठभूमिमा कुनै सहरको दृश्य थियो ।

विनयराज पौडेलको डेव्यु निर्देशकिय रहने फिल्मको कलाकारहरुको हाल धमाधम छनोटका काम भइरहेको छ । उग्रशन ढुङ्गाना र राजेन्द्र दुलाल निर्माता रहने फिल्मको छायांकन चाँडै सुरु हुने निर्माण पक्षले जनाएको छ । फिल्मको लेखन पनि स्वम निर्देशक कै रहेको छ । दर्जन बढी फिल्मा मुख्य सहायक निर्देशकका रुपमा काम गरिसकेका विनयले केही म्यूजिक भिडियो र टेलिफिल्मको पनि निर्देशन गरिसकेका छन् ।

कमेन्ट गर्नुहोस्