रविले निकितासँग गरे विवाह

फिल्म । निर्मात्री तथा चलचित्र विकास बोर्डकी निवर्तमान अध्यक्ष निकिता पौडेल र चर्चित सञ्चारकर्मी रवि लामिछानेले लगनगाँठो कसेका छन् । शुक्रवार दिउँसो नगरकोटको होटल मिष्टिक माउन्टेनमा परिवारका सदस्य र आफन्तको उपस्थितिमा रविले निकिताको सिउँदो भरेका हुन् । केहि समय अगाडी मात्र यी दुइले कोर्ट म्यारिज गरेका थिए । अदालती विवाह गरेको चार महिनापछि दुईले परम्परागत रुपमा विवाह गरेका हुन् ।

लामो समय देखिको प्रेम सम्बन्धलाई यी दुइले विवाहमा परिणत गरेका हुन् । यी दुइ नै केही वर्षयता दुबै मित्रपार्कको ‘अम्बे अपार्टमेन्ट’ मा फ्ल्याट भाडामा लिएर बस्दै आएका थिए । अपार्टमेन्टमा ओहोर-दोहोरको क्रममा उनीहरु एकअर्कासँग नजिकिएको बताइन्छ । ‘सिधा कुरा जनतासँग’ कार्यक्रम सञ्चालन गरेर चर्चामा आएका रविले निकितासँग विवाह गरेपछि समाजिक सञ्जालमा बधाई तथा शुभकामनाहरु दिने प्रशस्त छन् । यी दुइलाई जय होस् को तर्फबाट पनि सफल दाम्पत्य जीवनको शुभकामना ।

Facebook Comments