क्रिकेटरको कथामा फिल्म बन्दै

फिल्म । एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसले फिल्म निर्माण घोषणा गरेको छ । एक्सपर्टले क्रिकेट सम्बन्धी फिल्म निर्माण गर्न लागेको संस्थाका सद्धभावना दुत रहेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले बताए । सिड्नीमा आयोजित कार्यक्रममा कप्तान खड्काले एक्सपर्टका निर्देशक संजिब शर्माले फिल्मको निर्माण गर्न लागेको बताएका हुन् ।’ नेपालमा स्पोर्ट्स जनरको फिल्म निकै कम बन्ने गरेका छन्’ पारसले भने ‘यसफिल्ममा क्रिकेटरको जीवन र संघर्षलाई देखाइनेछ ।’फिल्ममा सुनोद श्रेष्ठको मुख्य भूमिका रहनेछ । अन्य कलाकार र निर्देशक बारे भने जानकारी गराइएको छैन । सुनोदले भने यसअघि नै विभिन्न म्युजिक भिडियोमा काम गरिसकेका छन् ।

कमेन्ट गर्नुहोस्