फिल्म हल खुलाउने सरकारको निर्णय

0 Shares

फिल्म । अन्तत: नेपाल सरकारले फिल्म संचालन गर्न अनुमति दिएको छ । कोरोना भाइरस संक्रमणको जोखिम बढेसँगै गत चैत्रको पहिलो सता देखि बन्द रहेको फिल्महलहरु गत पुष १० गतेदेखि नै संचालन भइरहेका छन् । यद्दपी आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले सुरक्षा मापदण्ड अपनाएर हलहरु संचालन गर्न दिने निर्णय गरेको हो ।

नेपाल फिल्मसँग जोडिएका प्रदर्शक , वितरक तथा निर्मातासँगै कलाकर्मीहरुले फिल्म हल संचालनको लागि अनुमति प्रदान गर्न मांग गर्दै आइरहेका थिए । नेपाल सरकारको फिल्मलाइ हेर्ने संस्था चलचित्र विकास बोर्डसँग कुराकानी अगाडी बढाउदै गत पौष १० गते फिल्म हल खोलिएको थियो ।

सीसीएमसीले केही दिन अगाडि नै सरकारलाई सुरक्षा मापदण्ड अपनाएर सिनेमा भवन सुचारु गर्न दिन आग्रह गरेको थियो । सरकारले सीसीएमसीको पत्रलाई आधार मान्दै हल खोल्न दिने निर्णय गरेको हो ।

कमेन्ट गर्नुहोस्