फिल्म । बलिउडका सिंघम अजय देवगन र आलिया भट्ट एकै फिल्ममा देखिने भएका छन् । तर यी दुइ बलिउड फिल्ममा नभई साउथ इण्डियन फिल्म ‘आरआरआर’ मा सँगै देखिन लागेका हुन् । निर्माण कम्पनिले आधिकारिक सोसल मिडिया मार्फत अजय देवगन र आलिया भट्ट फिल्मको प्रमुख पात्र रहेको जनाएको छ । अजय र आलियाले सँगै स्क्रिन शेयर गर्ने खुसि त फ्यानलाई छ नै साथै फिल्मलाई एसएस राजमौलीले निर्देशन गरिरहेका छन् , जो आफ्नो कामले परिचित छन् ।
.@ajaydevgn Sir, we are grateful to have you on the board. It's a pleasure that you play a prominent role in the film. Can't wait!#RRRPressMeet #RRR @ssrajamouli @tarak9999 #RamCharan @dvvmovies @RRRMovie pic.twitter.com/Mz1Y3wsDxp
— RRR Movie (@RRRMovie) March 14, 2019
यसको खुसि पनि उतिकै छ किनकी सामाजिक सञ्जाल मार्फत फ्यानले प्रतिक्रिया दिन थालिसकेका छन् । ‘बाहुबली’ सिरिज मार्फत भारतमा मात्र नभई विश्व भर चर्चामा रहेका निर्देशक राजमौलीले नयाँ फिल्म आरआरआर अर्थात् ट्रिपल आरमा जुनियर एन्टीआर र राम चरणलाई लिएर काम गरिरहेका छन् । पछिल्लो समय टलिउडका दुई ठुला स्टार एकसाथ काम गरेको यो ठुलो फिल्म हो । त्यसो त निर्देशक राजमौली पनि आफैमा एक ब्राण्ड बनिसकेका छन् । सायद यसैकारण यसफिल्मको स्याटेलाइट र डिजिटल राइट्स एक सय बत्तीस करोडमा बिक्रि भएको छ ।
Welcome aboard, @aliaa08! We are glad to have you play the female lead in our film. Happy Birthday in advance and hope you will have a wonderful journey with us..:) #RRRPressMeet #RRR @ssrajamouli @tarak9999 #RamCharan @dvvmovies @RRRMovie pic.twitter.com/iZmB8N9z9I
— RRR Movie (@RRRMovie) March 14, 2019
तिन सय करोडको बजेटमा तयार भईरहेको फिल्मले स्याटेलाइट र डिजिटल राइट्स मार्फत नै आधा लगानी उठाएको छ । निर्देशक राजमौलीले जुनियर एनटिआरसँग पहिलो डेब्यु फिल्म ‘स्टुडेन्ट नम्बर १’ मा काम गरेका थिए । त्यसपछि उनले दोस्रो फिल्ममा पनि उनैसँग काम गरे । राजमौलीले राम चरणसँग भने एक मात्र फिल्म ‘मगाधिरा’ मा काम गरेका छन् । फिल्मको रिलिज ३० जुलाई २०२० मा हुनेछ ।
(एजेन्सी)July 30th, 2020… RRR…🔥🔥🔥
— RRR Movie (@RRRMovie) March 14, 2019
In theatres, Worldwide!!!
In Telugu, Tamil, Hindi, Malayalam and other Indian languages simultaneously.
An @ssrajamouli Film… #RRR #RRRPressMeet @tarak9999 #RamCharan @aliaa08 @ajaydevgn @thondankani @dvvmovies @RRRMovie pic.twitter.com/YgWpESLeVP












