‘डन ३’को बारेमा बोले फरहान , के फिल्म बन्दैन ?

फिल्म । अन्तत शाहरुख खानको अभिनय रहने भनिएको फिल्म ‘डन ३’ को विषयमा फरहान अख्तरले आफ्नो बयान दिएका छन् । आइरहेको खबरमा केहि नबोलेका फरहानले एक अन्तर्वार्ताको क्रममा डनलाई लिएर आफ्नो जवाफ दिएका हुन् । उनले पत्रकारसँग कुरा गर्दै आफुले हल्लामा केहि नबोल्ने बताए । उनले भने ‘हल्लाको विषयमा कुरा नगरौ , केहि वास्तविकतामा चर्चा गरौ ।’ उनको भनाइबाट के प्रष्ट हुन्छ भने फिल्मको काम अहिले नहुनसक्छ । अर्थात् फिल्म तत्कालै फ्लोरमा नजान सक्छ । यता शाहरुखले राकेश शर्माको बायोपिक छाडेर आफ्नो समय ‘डन ३’ को लागि छुट्याएको खबर मिडियामा आएको थियो ।

फरहानको पछिल्लो बयानसँगै डनको पर्खाइमा रहेका दर्शकलाई झट्का लाग्ने पक्का छ । त्यस्तो शाहरुख अभिनित पछिल्लो रिलिज फिल्म ‘जिरो’ सँगै साउथको फिल्म ‘केजीएफ’ प्रदर्शनमा आएको थियो । जसको हिन्दी वितरक मध्येका एक थिए , एक्सेल इन्टरटेनमेन्ट । एक्सेलमा फरहान छन् । यसकारण पनि शाहरुख र फरहानको सम्बन्ध ठिकठाक नरहेको खबर भारतीय मिडियामा आइरहेको थियो । अब हेरौ , डनको तेस्रो सिरिजको चर्चा हल्ला मात्र हो या फिल्मको तयारी भइरहेको छ ।

कमेन्ट गर्नुहोस्