बेनिशाको प्रेमी रौनक ?

फिल्म । पछिल्लो समय फिल्म ‘घर’ मा देखिएकी बेनिशा हमालको सामाजिक सञ्जाल केलाउने हो भने उनि पछिल्लो समय घुमफिरमै व्यस्त छिन् । म्युजिक भिडियो हुँदै फिल्ममा आएकी बेनिशा पछिल्लो समय निर्माता रौनक विक्रम कंडेलसंग प्रेममा रहेको चर्चा फिल्मनगरीमा छ । सिनेमा आर्टसंगको सहकार्यमा ‘कबड्डी कबड्डी’ संगै केहि फिल्ममा समेत निर्माता रहेका रौनक पछिल्लो समय फिल्म निर्माणमा छैनन् ।

बेनिशासंगको तस्वीर एक अँनलाइनमा सार्वजनिक भएसंगै उनको चर्चा बढेको छ । बेनिशा र रौनक केही महिनादेखि प्रेममा रहेको वुझिएको छ । नायिका बेनिशा हमाल र निर्माता कँडेलले भने यो बिषयमा केही पनि बोलेकी छैनन् । तर, उनीहरुको प्रेम फक्रिने क्रममा रहेको छ । बेनिशाको प्रेम चर्चा खासै भएको पाइदैन । यसक्षेत्रमा प्रवेश गरेसँगै बेनिशा प्रेम चर्चाले रंगिएकी थिइनन् । तर, अब रौनकको प्रेमले उनलाई चर्चामा ल्याउने पक्का छ । केहि समय अगाडी बेनिशाले जय होस्कै शो ‘चियापान विथ नरेश भट्टराई’ मा विवाह तथा प्रेमको बारेमा यस्तो विचार राखेकी थिइन् ।

कमेन्ट गर्नुहोस्