हजुरबुवा हरिसँग निको नाती (फोटो फिचर)

फिल्म । अभिनेता हरिवंश आचार्यले मंगलवार विहानै फेसबुकमा तस्वीर पोष्ट गर्दै लेखे ‘नाती निको आचार्यसँग’ । उनले यो लेखेपछि धेरैले ‘क्युट फेस’ भन्दै कमेन्ट गरे । उनका जेठ छोरा त्रिलोक आचार्यको छोरा हुन् निको । गत वर्ष अमेरिका जन्मिएका निको यतिबेला नेपाल आएका छन् । हरिले केहि दिन अगाडी ठट्टा गर्दै भने ‘पहिला हामी नातीलाइ भेट्न अमेरिका गयौ यतिबेला नाती हामीलाई भेट्न नेपाल आएका छन् ।’ उक्त कार्यक्रममा भने उनले नातिलाई ल्याउन सकेनन् तर अभिनेत्री आँचल शर्माको जन्मोत्सवको लागि आयोजना गरिएको ब्रिक्स क्याफेमा भने उनि नातिसँगै देखिए । निकोलाई माया गर्दै उनले र रमिला आचार्यले तस्वीर पनि खिचाए ।

तस्वीरहरु : आर्यन बिमली

कमेन्ट गर्नुहोस्