राजनीतिमा विहानीको प्रवेश

देश । गायक बद्री पँगेनीकी छोरी विहानी पँगेनीको परिचय अब म्युजिक भिडियो मोडलमा मात्र सीमित छैन । उनले विद्यार्थी राजनीतिमा पनि पाइला चालेकी छन् । विहानी अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को केन्द्रीय सचिवालय सदस्यमा निर्विरोध निर्वाचित भएकी छन् ।

विश्वविद्यालयको महिला क्लस्टरबाट उनले यो जिम्मेवारी प्राप्त गरेकी हुन् । कानूनकी विद्यार्थीसमेत रहेकी विहानीले हालै आफ्ना बुवा बद्री पँगेनीको गीत ‘कन्याराशी’ को म्युजिक भिडियोबाट अभिनयमा डेब्यु गरेकी थिइन् । म्युजिक भिडियोमा उनको अभिनयले चर्चा कमाएसँगै विद्यार्थी राजनीतिमा पनि उनको सक्रियता बढ्दै गएको छ ।

कमेन्ट गर्नुहोस्