संगीत । गायक सुरज पौडेलको आफ्नो पहिलो एकल एल्बम ‘मनको खुसि ‘ मा समावेश पाँचौ गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । ‘सान्नानी’ बोलको गीतमा सविना केसीको शब्द , विकाश चौधरीको संगीत रहेको छ । गीतको सार्वजनिक भिडियोमा केवल भुजेल , प्रतीक्षा खड्का , आयुष्मा खड्का र चन्डेश्वरी कपालीको अभिनय रहेको छ भने यसलाई सञ्चारकर्मी कुमार आचार्यले निर्देशन गरेका हुन् ।
उनले अघिल्लो भिडियोको तुलनामा यसमा आफु अझै परिस्कृत भएको बताएका छन् । गीतमा हरिश खनालको कोरियोग्राफी , रामेश्वर हुमागाईंको छायाँकन , साहिल खानको सम्पादन , मनिष गौतमको कलर करेक्सन रहेको छ । गोलिले लागे झैँ, ठुमकाले ,मन पर्यो मन पर्यो , धेरै पछि जस्ता डान्स बिटका गीतको म्युजिक भिडियो सार्वजनिक गरी सकेका छन् गायक पौडेल पनि यसपटक अझै आश्वादी छन् । उनले दर्शकको टेस्ट अनुसारको गीत तयार पर्ने कोशिस गरेको बताएका छन् ।












