सलमान झैँ ‘नियम’ बनाउने हिरोइन

फिल्म । बलिउडमा अभिनेता सलमान खान चर्चामा आउने कारण मध्यको एक हो , आफ्नो नियम । उनले आफ्नो लागि विभिन्न नियम बनाएका छन् , जसलाई पालना उनले मात्र होइन उनिसंग फिल्ममा काम गर्नेले पनि गर्ने गरेका छन् । उनले बनाएको नियम मध्यको एक हो ‘किस नगर्ने’ । ‘नो किसिङ रुल’ उने आफ्नो लागि मात्र नभई , आफुले निर्माण गर्ने फिल्ममा समेत लागु गरेका छन् । यिनै सलमान झैँ यस्तो रुल बनाउनेमा पर्छिन् , दक्षिण भारतीय फिल्म उद्योगमा स्थापित नाम तमन्ना भाटिया । फिल्ममा उनी आफ्नो अभिनयका कारण जति चर्चित छिन्, त्यति नै चर्चित छिन्— ‘नो किसिङ रुल’ बनाएर ।

उनले आजसम्म कुनै पनि फिल्ममा किस सिन नदिएको बताएकी छिन् । उनी कुनै फिल्मको सम्झौताभन्दा पहिले नै किस सिन नदिने भनेर हस्ताक्षर गर्छिन् । ‘मैले फिल्मी करिअर सुरु गरेदेखि आजसम्म त्यो रुल ब्रेक गरेको छैन, हुने पनि छैन’ एक अन्तर्वार्तामा उनले भनेकी हुन् । सन् २००५ मा फिल्म ‘चाँद सा रोशन चेहरा’बाट दक्षिण भारतीय फिल्म उद्योगमा करियर सुरु गरेकी तमन्नाले हिट फिल्म दिएपछि बलिउडमा अक्षय कुमार, अजय देवगन, सैफ अली खान र रितेश देशमुखसँग काम गरिसकेकी छन् । (एजेन्सी)

कमेन्ट गर्नुहोस्