ओरालो लागेको करियर

गसिप । आशिरमान देशराजले ‘ग्याङस्टर ब्लुज’बाट नेपाली फिल्ममा डेब्यू गर्दा धेरैले उनलाई अनमोल केसीको प्रतिस्पर्धीका रूपमा हेरेका थिए। अनमोलको जस्तै अग्लो कद र चकलेटी अनुहार । अझ यो फिल्मका निर्देशक पनि उही थिए, हेमराज बिसी, जसले अनमोललाई पनि डेब्यू फिल्ममा निर्देशन गरेका थिए। फ्यान फलोइङ राम्रै हुने अपेक्षा थियो। तर, ‘ग्याङस्टर ब्लुज’ बक्सअफिसमा असफल भयो। यतिसम्म ठीकै थियो। हेमराजले नै उनलाई लिएर ‘ब्रेकअप’ बनाए।

अनमोलको फिल्मसँग एकैदिन रिलिज भएको यो फिल्मको त झन् कन्तबिजोग नै भयो, दर्शक नआएर। त्यसयता आशिरमान कतै देखिएका छैनन्। न कुनै नयाँ फिल्म साइन गरेको खबर छ, न साइन गर्ने तयारी। कतै नदेखेपछि धेरैले आशिरमानको करिअर दुइटा फिल्ममै टुंगिएको आशंका गर्न थालेका छन्। उद्योगमा उनका बारे टिप्पणी छ– लक नलागेपछि कसको के लाग्छ र ? (सम्पूर्ण साप्ताहिकबाट)

कमेन्ट गर्नुहोस्