अर्पणले छाडे फिल्म

फिल्म । गत सोमबार देखि छायाँकनमा निस्किएको फिल्म ‘आधा सुर’बाट अर्पण थापा निस्किएका छन् । अर्पणले समयको कारण देखाउँदै फिल्म गर्न असमर्थ भएको जनाएपछि निर्देशक अशिन पौडेलले यतिबेला उनको विकल्पको खोजिमा छन् । निर्धारित सेड्युलमा फिल्मको छायाँकन नभ्याएपछी अर्पणले टिम छाडेका हुन् ।

‘खासमा हामीले उहाँको जेठ १५ देखिको समय बुक गरेका थियौं’ निर्देशक पौडेल भन्छन् ‘मौसमका कारणले त्यो समयमा सुटिङमा जान सकेनौं र अहिले उहाँलाई डेटको समस्या पर्यो भन्नु भयो ।’ तर, फिल्ममा अर्पणको अतिथी भूमिका थियो । निर्माण टिमले उनीसँग जम्मा ३÷४ दिनको डेट लिएको थियो ।

तीन युवाको गीतसँगीतप्रतिको मोह, संघर्ष र पारिवारिक स्थितिको कथा रहेको फिल्ममा प्रविण खतिवडा,शिसिर वाङ्देल,सरिता गिरी,दीलीप रानाभाट, सुरज बिष्ट, बविता मल्ल,सुभांगम पराजुलीका साथमा नवनायक मोहन जैशी मुख्य भूमिकामा छन् । फिल्म बिष्णु कल्पितले खिच्दैछन् । फिल्म क्रिउ नेपाल र ब्यास मोशन पिक्चर्सको ब्यानरमा रहेको फिल्म काठमाडौ र पोखरामा खिचिने छ । फिल्मका गीतमा रोशनराज थापाको संगीत छ । ‘आधा सुर’ को स्क्रिप्ट निर्देशक अशिन स्वयम् र सौरभ कार्कीले लेखेको हुन् ।

कमेन्ट गर्नुहोस्