‘ट्रेलर मास्टर’ शाहिल मोडलिङमा

सङ्गीत । नेपाली चलचित्रको ‘ट्रेलर मास्टर’को रूपमा परिचित शाहिल खान सम्पादकसँगै मोडलसमेत हुन् । हालै मात्र उनले अभिनय गरेको म्युजिक भिडियो ‘न्यानो साथ’ रिलिज भएको छ ।

आदर्श प्रडक्सनको प्रस्तुतिमा बनेको यस भिडियोमा खानले आशिका दाहालसँग स्क्रिन शेयर गरेका छन् । भिडियोका निर्देशक विज्ञान राई हुन् भने मिलन श्रेष्ठले सम्पादन र राजेन्द्र मोक्तानले कलर ग्रेडिङ गरेका छन् । छायाँकार सञ्जय लामा हुन् । विजय अर्यालको शब्द तथा सङ्गीत रहेको यस गीतमा बेनिशा पौडेल र विजय अर्यालको स्वर रहेको छ । म्युजिक भिडियोका निर्माता राकेश शाह हुन् ।

शाहिलले पहिलो म्युजिक भिडियो अन्जु पन्तको स्वरमा रहेको गीत ‘नरुनु है’मा अभिनेत्री शिल्पा पोखरेलसँग अभिनय गरेका थिए । हालै सार्वजनिक ‘न्यानो साथ’ खानको चौथो म्युजिक भिडियो हो ।

कमेन्ट गर्नुहोस्