‘लाखे’ को ट्रेलर सार्वजनीक

फिल्म । सस्पेन्स थ्रीलर जनराको प्रतिक्षित फिल्म ‘लाखे’ को ट्रेलर ओएसआर डिजिटलमार्फत सार्वजनीक गरिएको छ । कार्तिक ११ गतेबाट प्रदर्शनमा आउने सम्राट बस्नेत निर्देशीत फिल्मको ट्रेलरमा सस्पेन्स,थ्रीलर,एक्शन तथा सेन्टिमेन्टसको समीश्रण देखिन्छ । यसमा सौगात मल्ल,अनुप बिक्रम शाही,अर्पण थापा,आर्यन अधिकारी,वर्षा राउत,रोहित रुम्वा,संजोग राणा,सुशील सिटौला,प्रशान्त ताम्राकार,रक्षा बुढाथोकी,कालु राना,सुगन तण्डुकार र बाल कलाकार सिस्टम भण्डारी मुख्य भूमिकामा छन् ।

सिजन अर्यालको कथा र निर्माण रहेको फिल्मको निर्मातामा डिपी भण्डारी र गणेश मल्ल ठकुरी (जिएम) छन् । हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेको फिल्म सुजन प्रजापतिले खिचेका हुन् भने कोरियोग्राफी कविराज गहतराजको छ । निर्देशक सम्राटकै द्धन्द्ध निर्देशन रहेको फिल्मका गीतमा दीपक बज्राचार्य र हर्कुलस बस्नेतको संगीत छ । ‘लाखे’ अर्जुन जिसीले सम्पादन गरेका हुन ।

औरियन प्रोडक्सनले ग्लोवल मिडिया एण्ड रिसर्च सेन्टरसँगको सहकार्यमा निर्माण गरेको फिल्मकोे पटकथा आकाश बरालले हुन भने सम्वादमा उनलाई अनुप न्यौपाने सघाएका छन् । फिल्मलाई आरआर फिल्मस्ले बितरण गर्दैछ ।

कमेन्ट गर्नुहोस्