पृथ्वी र मेचुको ‘मलमल कुर्तावाली’ (भिडियो)

संगीत । गायक पृथ्वी खनाल र गायिका मेचु धिमालले नयाँ गीत ‘मलमल कुर्तावाली’ सार्वजनिक गरेका छन् । द भ्वाईस अफ नेपाल सिजन २ मा सहभागी भएका गायकद्वय पृवी र मेचु भिडियोमा पनि आफै फिचर्ड भएका छन् । भिडियोमा तराई र पहाडका युवायुवतीको प्रेमलाई प्रस्तुत गरिएको छ । लेखु सहयात्रीको शब्द रहेको यस गीतमा करण राज कार्कीको संगीत रहेको छ ।

गीतलाई देवेस राईले एरेन्ज गरेका हुन् । मौसम हिमालीले भिडियोको निर्देशन गरेका हुन् । अनिल के मानन्धरको छायाकंन रहेको यस भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका हुन् ।

कमेन्ट गर्नुहोस्