संजय दत्तलाई ‘फोक्सोको क्यान्सर’

फिल्म । बलिउड अभिनेता संजय दत्तलाई फोक्सोक्लो क्यान्सर भएको छ । अभिनेता दत्तले मंगलवार नै आफु केहि समय सामाजिक सञ्जाल मार्फत ब्रेक लिन लागेको घोषणा गरेका थिए । उनलाई फोक्सोको क्यान्सर भएको छ । साथै उनको क्यान्सर तेस्रो स्टेजमा छ ।

केहि दिन अगाडी मात्र अभिनेता दत्तलाई सास फेर्न समस्या भएपछी अस्पताल भर्ना गरिएको थियो । मुम्बईको लीलावती अस्पतालमा गरिएको जांचको रिपोर्ट मंगलवार आएपछि फोक्सोको क्यान्सरबारे पत्ता लागेको हो । अमेरिकामा उपचार गर्ने तयारीमा रहेका दत्त ठिक हुन् सक्ने बताइएको छ । उनले समयमै राम्रोसंग उपचार गराए फोक्सोको क्यान्सर ठिक हुने बताइएको छ । दत्तको बच्चाहरु र श्रीमती मान्यता दत्त दुबईमा छन् । (एजेन्सी)

कमेन्ट गर्नुहोस्