संजयको फिल्ममा सलमान र शाहरुख !

बलिउड । बि-टाउनमा तिन खानको निकै चर्चा हुने गर्छ , सलमान खान , शाहरुख खान र अमिर खानको । यिनले अभिनय गर्ने फिल्म मात्र होइन स-साना गतिविधि पनि बि-टाउनमा गसिप बन्ने गर्छन । किनकी यिनको स्टारडम बढ्दो छ । पछिल्लो समय सलमान र शाहरुख मिल्ने मित्रको रुपमा देखिदै आएका छन् । शाहरुखको फिल्म असफल भईरहदा सलमानले सघाई रहेका छन् । शाहरुखको आउदो फिल्म ‘जिरो’ मा सलमानको केमियो रहेको छ । त्यसो त सलमानको फिल्म ‘ट्युबलाईट’ मा पनि शाहरुखले केमियो गरेका थिए । तर अब यी दुईलाई सँगै फिल्म खेलाउने सोचमा छन् , संजयलीला भन्साली ।

संजय यी दुवैका नजिकका साथी हुन् भने उनले एकपछि अर्को फिल्ममा सफलता हात पार्दै आएका छन् । संजयले सलमानसँग हम दिल दे चुके सनम र शाहरुखसँग देवदास लगायतमा काम गरेका छन् , जसले बलिउड बक्स अफिसमा सफलता हात पारेको थियो । यिनै संजयले नयाँ फिल्मको लागि सलमान र शाहरुखलाई अप्रोच गर्ने भएका छन् । यी दुईको मित्रताको कथा उनले लेख्दैछन् भने यी दुईको समयको कुरा पनि बुझ्दैछन् । संजयको अप्रोचमा यी दुई खानले कस्तो रियाक्ट गर्छन ? यो भने हेर्न बाकी छ तर संजयले यी दुईले नकारेमा रणवीर सिंह र रणवीर कपुरलाई फिल्ममा अभिनय गराउने सेकेन्ड अप्सन राखेको खबर भारतीय मिडियामा छ ।

कमेन्ट गर्नुहोस्