रणवीरको पोस्टरमा ‘माया, मित्रता र बदला’

फिल्म । पछिल्लो समय सार्वजनिक गीत ‘तिरिमिरी तिरिमिरी तिन तारा’ मार्फत चर्चामा रहेको फिल्म ‘रणवीर’ को पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा सुशीललाई दुइ डेब्यु गर्ल सुबेक्षा खड्का र सुपुस्पासँगको माया र मित्रतासँगै मित्रताको भावमा देख्न सकिन्छ । सार्वजनिक पोस्टरमा फिल्मका लिड कलाकारहरु सुशील सिटौला , प्रशान्त ताम्राकार , सुबेक्षा खड्का , सुपुस्पा भट्टलाई फिचर्ड गरिएको छ । फिल्मको कथावस्तु अनुसार नै पोस्टर तयार गरिएको निर्माण पक्षले बताएका छन् । यसै फिल्मको लागि सुशीलले आफ्नो शारीरिक बनावटमा पनि परिवर्तन ल्याएका थिए । झन्डै ६ महिनाको मेहनतपछि सुशील रणवीर बन्न योग्य भएको निर्माण पक्षले बताएका छन् ।

‘मेहनत कति गरे भन्ने तथ्यलाई त आउने प्रचार सामग्रीले प्रस्ट्याउने छ ‘ सुशील भन्छन ‘फिल्मको पोस्टरले भावलाई प्रस्ट्याउछ ।’ साथै , सन् २०१२ मा मिस इन्टरनेशनल नेपालको टाइटल पाएकी सुबेक्षालाई यसै फिल्म मार्फत डेब्यु गर्दैछिन् । ‘फिल्ममा मलाइ साथी तथा प्रेमिकाको रुपमा देख्नु हुनेछ’ सुबेक्षाले भनिन् ‘फिल्मको कथावस्तुले हाम्रो पुस्तालाई प्रस्तुत गर्छ ।’ उनले प्रस्ताव आएको कयौ फिल्मलाई रिजेक्ट गरेर रणवीर मार्फत डेब्यु गर्दैछिन् । फिल्ममा माया , मित्रता र बदलाको कथालाई प्रस्तुत गरिएको छ । महङ्गो बजेटमा तयार भएको फिल्मलाई गोमा बिस्ट थापा र दिपेन्द्र रेग्मीले निर्माण गरेका हुन् । ‘फिल्मको सार्वजनिक पोस्टरबाट पनि यसप्रति अनुमान लगाउन सक्नुहुन्छ’ निर्माता मध्येका एक दिपेन्द्र भन्छन ‘रणवीर मनोरंजनको फुल प्याकेज हो , यसमा फिल्ममा चाहिने सबै तत्व छन् ।’

यसैगरी अर्की निर्मात्री गोमा पनि फिल्मलाई विना सम्झौता तयार गरेको बताउछन् । ‘हामीले फिल्ममा कहिँ कतै सम्झौता गरेका छैनौ , एउटा राम्रो फिल्म दर्शकलाई दिने हाम्रो इच्छा हो’ गोमाले भनिन् । यसमा कथा , पटकथा , संवाद तथा निर्देशन गोविन्द सिंह भण्डारीको रहेको छ । फिल्ममा रवि गिरी, नरेश पौडेल, हरिहर शर्मा , टिका पहाडी लगायतका कलाकारको पनि अभिनय रहेको छ । फिल्ममा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्वन्द, रामजी लामिछाने र सुरेन्द्र बसेलको कोरियोग्राफी छ । एकगीतमा बाबु श्रेष्ठको छायांकन रहेको फिल्मको ट्रेलर साहिल खानले तयार गरेका हुन् ।

कमेन्ट गर्नुहोस्