सुपुष्पाको ‘बोल्ड’ अवतार

फिल्म । गाउँले युवतीको भूमिकामा प्रस्तुत हुँदै आएकी ‘रणवीर’ डेब्यु गर्ल सुपुष्पा भट्ट तेस्रो फिल्म ‘चपली हाइट ३’ मा भने बोल्ड अवतारमा प्रस्तुत हुने भएकी छिन् । फिल्मको गीत र टिजर देखिएकी भन्दा फरक रुपमा निर्माण पक्षले सार्वजनिक गरेको तस्बिरमा सुपुष्पा देखिएकी छिन् । तस्बिरमा सुपुष्पा विकिनी अवतारमा प्रस्तुतछिन् ।

स्विमिङ पूलमा विकिनी अवतारमा देखिएकी सुपुष्पाको यो अवतारले पनि दर्शकमा उनको भूमिकालाई लिएर कौतुहलता जाग्न सक्छ । यसअघिका सिरिजमा नायिका विनिता बराल र परमिता आर एल राणा बोल्ड अवतारमा प्रस्तुत भएका थिए । यसपटक, सुपुष्पालाई निर्माणपक्षले बोल्ड अवतारमा उतारेको छ । फिल्ममै समावेश रहने दृश्यमा उनि यस्तो देखिने छिन् । त्यस्तो सिरिजको सुरुवात देखि नै उनको चर्चा बढ्दो छ ।

अघिल्लो सिरिजको तुलनामा यसमा ग्लामर कम देखियो भन्ने कमेन्ट पाइरहेको अवस्थामा निर्माण पक्षले सार्वजानिक गरेको तस्बिरले भने सिरिजका दर्शक समक्ष पक्कै नोटिस गराएको छ । अर्जुन कुमार निर्मित फिल्मलाई निकेश खड्काले निर्देशन गरेका हुन् । निकेशले सुपुष्पा फिल्मको कथा अनुसार प्रस्तुत भएको बताए । ‘हाम्रो कन्टेन अनुसार नै कलाकारलाई प्रस्तुत गएका छौ’ उनले भने ।

कमेन्ट गर्नुहोस्