‘हाउसफुल ४’ ट्रेलर रिलिज (भिडियो)

फिल्म । बलिउडको हिट सिरिज मध्यको एक ‘हाउसफुल’को नयाँ सिरिजको ट्रेलर सार्वजनिक भएको छ । कमेडी सिरिजको दर्शकको मन जित्दै आएको यसलाई फरहाद समजीले निर्देशन गरेका हुन् । सार्वजनिक ट्रेलरमा ६ सय वर्ष पुरानो र अहिलेको कथालाई देखाइएको छ । यसलाई नै समेटेर ट्रेलर निर्माण गरिएको छ । सार्वजनिक ट्रेलरले फिल्म प्रतिको कौतुहलता झनै बढाएको छ ।

यसमा अक्षय कुमार , रितेश देशमुख , जोनी लिभर , वुमन इरानी , चंकी पाण्डे लगायत छन् भने नयाँ सदस्यको रुपमा बबी देओल , कृति सानोन , पुजा हेग्डे , कृति खरबांडा , राणा डग्गुवती , नवाजुदीन सिद्दिकी देखिनेछन । हाउसफुलको पहिलो सिरिज सन् २०१० मा आएको थियो , जसलाई दर्शकले रुचाए । त्यसपछि सन् २०१२ मा हाउसफुल २ र सन् २०१६ मा हाउसफुल ३ रिलिज भईसकेको छ ।

कमेन्ट गर्नुहोस्