फिल्म । पछिल्लो समय विश्वव्यापी रुपमा फिल्म ‘एभेन्जर्स ” इण्ड गेम’ ले निकै राम्रो ब्यापार गरिरहेको छ । यो एभेन्जर्सको चौथो सिरिज हो , जसलाई मार्भल स्टुडियोले निर्माण गरेको छ । यस्तै हलिउडको अर्को हिट सिरिजमा पर्छ ‘फास्ट एण्ड फ्युरियस’ । फिल्मको नवौ सिरिजको छायांकन यतिबेला भईरहेको छ । यो एक्सन फ्रान्चाइजको प्रतीक्षामा रहेका प्रशंसकहरूलाई निर्माण पक्षले खुसिको खबर दिएका छन् । यस सिरिजमा अब चर्चित रेस्लर तथा अभिनेता जोन सिना जोडिएका छन् । एक्टर भीन डिजलले यसको खुलासा शुक्रबार आफ्नो इन्स्टाग्राममा एक भिडियो पोस्ट गर्दै गरेका हुन् । फिल्म आउँदो वर्ष सन् २०२० मा दर्शकले हेर्न पाउनेछन् ।
कमेन्ट गर्नुहोस्












