पम्फाले रुचाइन् ‘जानी नजानी’

फिल्म । नेकपाकि महिला नेत्री पम्फा भुषालले फिल्म जानी नज्नी हेरेकी छिन । आफ्नै पार्टीको केहि सदस्य सहित उनले आइतवार साँझ फिल्म हेरेकी हुन् । राष्ट्रिय पोशाक ढाका मार्फत युवालाई दायित्व बोध गराउने फिल्मलाई उनले रुचाएकि छिन । फिल्म लभ स्टोरी भएता पनि यसमा राष्ट्रियता र दायित्वलाई प्रस्ट्याईएको छ ।

फिल्म हेरेपछि उनले उठान गरेको विषयवस्तुलाई मन पराइन । ‘फिल्मले ढाकाको विषयलाई उठान गरेको छ , त्यसले नयाँ पुस्तालाइ ढाका बुझाउछ’ उनले भनिन् ‘फिल्म सफा र सरल छ , युवालाई केहि गर्नु पर्छ भन्ने प्रेरणा पनि दिन्छ ।’ फिल्ममा पनि प्रेमकथा मियोको रुपमा रहेको छ तर यसको दायाबायाँ राष्ट्रियता र युवापुस्ताले लिनुपर्ने जिम्मेवारीका कुरा पनि रहेको लेखक सामिप्य तिमल्सेनाले बताएका छन् ।

गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्ममा मनिष श्रेष्ठ , नम्रता श्रेष्ठ , सन्नी सिंह ,रोशनी केसी , कृष्ण भक्त महर्जन , प्रकाश अधिकारीको अभिनय रहेको छ भने यसै फिल्म मार्फत निरिषा बस्नेतले डेब्यु गरेकी छिन । उनि पुराना कलाकार तथा निर्देशक विश्व बस्नेतकी छोरी हुन् । यसै फिल्म मार्फत धेरै फिल्ममा मुख्य सहायक निर्देशकको अनुभव संगालेका बसन्त अधिकारी यसै फिल्म मार्फत निर्देशनमा डेब्यु गर्दैछन ।

आधुनिक प्रेम कथामा आधारित फिल्मको कथा , पटकथा र संवाद सामिप्यराज तिमिल्सेनाले लेखेका हुन् । फिल्ममा छायाँकन संजय लामाको रहेको छ भने यसमा संगीत अर्जुन पोखरेलले दिएका छन् । फिल्ममा कविराज गहतराज , प्रविन सिंह र शिशिर खातीको कोरियोग्राफी रहेको छ भने यसको सार्वजनिक फस्टलुक पोष्टरलाई कलर ब्लाइन्डले तयार परेको हो । फिल्ममा अर्जुन जिसीको सम्पादन , बसन्त घर्ति मगरको भीएफएक्स रहेको छ भने यसको कलरिस्ट रेनिश फागो हुन् । रोशनी इन्टरटेन्मेनटको ब्यानरमा निर्मित फिल्मकी प्रस्तुतकर्ता रोशनी केसी हुन् । फिल्ममा मोदनाथ खनाल र सागर काजी मालीको निर्माण रहेको छ ।

कमेन्ट गर्नुहोस्