टाइगरले गरे इन्गेजमेन्ट ?

फिल्म । बलिउडमा टाइगर श्राफलाई ‘बागी ब्वाई’ भनेर पनि चिन्ने गरिन्छ । उनले डेब्यु फिल्म ‘हिरोपन्ती’ मार्फत नै आफ्नो स्टाइल , डान्स र एक्सन मार्फत दर्शकको मनमा आफुलाई बसाउन सफल भए । उनले अभिनय गरेको फिल्ममा बागी हिट मानिन्छ भने यसको सिरिजमा उनि फिट छन् । किनकी निर्माण पक्षले यसको सिरिजमा टाइगर बाहेक अन्य नाम सोचेका छैनन् ।

यिनै टाइगर मोडल टर्न एक्ट्रेस दिशा पटानीसंग प्रेममा रहेको चर्चा बेला बखतमा चल्ने नै गरेको छ । टाइगर र दिशाले पनि प्रेमलाई खुल्ला रुपमा इशारा गरिरहेका हुन्छन् तर मिडियाको अगाडी भने अभिव्यक्त गरेका छैनन् । तर सन् २०१९ को भ्यालेन्टाइन डे मा टाइगरले शेयर गरेको तस्वीरले सबैलाई झट्का दिएका छन् । उनले सोसल मिडियामा शेयर गरेको तस्वीरमा औठी लगाएका छन् । मायाको यो महिनामा टाइगरले आफ्नो औठीलाई किस गर्दै उक्त तस्वीर पोष्ट गरेपछि सोसल मिडियामा यो भाइरल भइरहेको छ । टाइगरले कतै दिशासँग इन्गेजमेन्ट त गरेनन् ? यसको चर्चा बि-टाउनमा बढ्दो छ । यसबारेमा उनले त बोलेका छैनन् तर तस्वीरले भने इशारा गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्