यस्तो बन्यो ‘रेल घुम्यो घुम्तीमा’को लिरिकल र्‍याप संस्करण

फिल्म । नेपाली फिल्म ‘एक मुठ्ठी बादल’को केही समयअघि सार्वजनिक गीत ‘रेल घुम्यो घुम्तीमा’को लिरिकल र्‍याप संस्करण सार्वजनिक गरिएको छ । यसअघि सार्वजनिक टिजर, गीत र ट्रेलरलाई दर्शकले राम्रो प्रतिक्रिया दिएका छन्। लोकलयमा आधारित उक्त गीत दर्शकमाझ लोकप्रिय बनेकाले यसको लिरिकल र्‍याप संस्करण पनि मन पराइने विश्वास निर्माण टिमले व्यक्त गरेको छ।

सुमित पाठकको संगीतमा तयार गीतमा मीना पोखरेल, इन्द्रकला राई र स्यामी डी रियल जीको स्वर रहेको छ भने शब्द हर्क साउदले लेखेका हु न्। नेपाल आइडल सिजन २ का उपविजेता सुमितले यसै फिल्ममार्फत फिल्म संगीतमा आफ्नो यात्रा सुरु गरेका हुन्।

सहारा शर्माको लेखन तथा निर्देशनमा निर्माण भएको फिल्ममा आँचल शर्मा, निशा शर्मा, उषा रजक, भिमा मैनाली, अस्मिता गौतम, शेखर चापागाईं, मनिष निरौला, सहयोग अधिकारी, गौरव विष्ट र अविरलप्रताप अधिकारीलगायत कलाकारको अभिनय रहेको छ। फिल्मका निर्माता अभिमन्यु दीक्षित हुन् भने निकुन श्रेष्ठ कार्यकारी निर्माता रहेका छन्। निर्माण टोलीमा जर्मन निर्माता सारा फाजिलात, सामीप्य राज तिमल्सेना र अनुप पौडेल पनि संलग्न छन्।

कमेन्ट गर्नुहोस्