न्यून शो र अकुपेन्सीसहित हलमा ‘एक्लो’

फिल्म । सन् २०२६ अर्थात् नयाँ वर्षको अवसर पारेर बिहीबारदेखि अभिनेता प्रदीप खड्का स्टारर फिल्म ‘एक्लो’ प्रदर्शनमा आएको छ । औसत शो मात्र प्राप्त गरेको उक्त फिल्मले सुरुआती अकुपेन्सी पनि न्यून प्राप्त गरेको छ । नेपालभर १ सय २४ शो हाराहारीमा प्रदर्शन भएको फिल्मले अभिनेता खड्काको करिअरकै न्यून ओप्निङ गर्ने देखिएको छ ।

अभिनेता खड्का अभिनित फिल्मका लागि यो शो संख्या अपेक्षाभन्दा न्यून मानिएको छ । घरेलु बक्सअफिसमा ‘धुरन्धर’, ‘झरीपछिको इन्द्रेणी’ र ‘परान’ जस्ता फिल्मले सुखद कमाइ गरिरहेका बेला, १ जनवरीबाट प्रदर्शन भएको ‘एक्लो’ लाई दर्शक आकर्षित गर्न सहज छैन ।

१ सय ४० मिनेट रनटाइम रहेको प्रदीप शाही निर्देशित फिल्म ‘एक्लो’ लाई बक्सअफिसमा टिक्न बलियो वर्ड अफ माउथको आवश्यकता देखिन्छ । नेपालमा पहिलो साइन्स/फिक्सन फिल्म मानिने ‘बिजुली मेसिन’ रिलिज भएको नौ वर्षपछि सोही विधालाई पछ्याउँदै ‘एक्लो’ दर्शकमाझ आउन लागेको हो ।

धेरैले विज्ञानकथामा आधारित फिल्मको दाबी गरे पनि, सन् २०१६ मा नवीन अवलको निर्देशनमा रिलिज भएको ‘बिजुली मेसिन’ नै नेपालको सम्भवतः पहिलो साइन्स/फिक्सन फिल्म मानिन्छ ।

कमेन्ट गर्नुहोस्