सालीसंग शेरेको बढ्दो प्रेम (भिडियो)

फिल्म । शुक्रबारबाट प्रदर्शनमा आएको हेमराज विसी निर्देशित फिल्म ‘घामड शेरे’ दोस्रो गीत सार्वजनिक भएको छ । रोमान्टिक भावको ‘सादा सादा’ बोलको गीतमा कालीप्रसाद बाँस्कोटाको संगीत तथा प्रशान्त सुबेदीको स्वर छ । चर्चित लेखक बुद्धि सागरले गीत लेखेका हुन् । फिल्ममा यो गीत कथावाचनको रुपमा प्रयोग गरिएको छ । गीतमा अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्का फिचर्ड छन् । फिल्ममा उनीहरु भेना र सालीको भूमिकामा छन् । गीतमार्फत् साली-भेनाको सम्बन्ध प्रेममा परिणत भएको देखाइएको छ ।

विदेशमा कमाएको पैसाले किनेको खेत खोलाले बगाएपछि ‘शेरे’ पात्रले गर्ने संघर्षको कथामा फिल्म आधारित छ । फिल्ममा सुष्मा निरौलाले अभिनेताम निश्चलको श्रीमतिको भूमिका निभाएकी छन् । बादल भट्ट, लोकेन्द्र लेखक, रोय, सरोज अर्याललगायतका कलाकारको मुख्य भूमिका रहेको फिल्ममा अभिनेत्री गौरी मल्ललाई अतिथि कलाकारको रुपमा देख्न सकिन्छ । नरेन्द्र मैनालीको छायांकन रहेको फिल्मको कथा तथा पटकथा निर्देशक विसीले नै लेखेका हुन् ।

कमेन्ट गर्नुहोस्