फिल्म । राजधानीमा एक कार्यक्रमको आयॉजन गर्दै फिल्म ‘के घर के डेरा’ को घोषणा गरिएको छ । दयाहाङ राई र विपिन कार्कीको वरिपरि कथा घुम्ने फिल्मको कास्टिङ सार्वजनिक भए देखि नै चर्चामा छ । यस अघि पनि दया र विपिनले स्क्रिन शेयर गरिसकेका छन् तर पछिल्लो समयको हाइपले गर्दा चर्चा बढाएको हो । आफुले पाएको भूमिकालाई जिवन्त बनाउने दया र विपिनसंगै फिल्ममा वर्षा राउत , आर्शिना भट्टराई , रविन्द्र झा , लुनिभा तुलाधर लगायतको अभिनय रहनेछ ।
सिङ्गे लामाको निर्माण रहने फिल्म ‘के घर के डेरा’ लाई सुव्रतराज आचार्यले निर्देशन गर्दैछन् । फिल्मको स्क्रिप्टलाई सफल केसी र प्रतिक गुरुङले संयुक्त रुपमा तयार पारेका हुन् । फिल्मको कथाले आफुला आशावादी बनाएको दयाले बताए । ‘हामीले कथामै केहि बसाइ बसिसकेका छौ र फिल्म राम्रो टिमले बन्ने हो त्यसैले हाम्रो प्रयास रहने छ , दर्शकलाई निराश नबनाउने’ दयाले भने । उनले सुव्रतसंग ‘अधकट्टी’ मा काम गरेको प्रसंग समेत सम्झीए । यसैगरी निर्देशक सुव्रतले पनि अघिल्लो कमिकमजोरीलाई आफुले सुधार्ने बताए ।
अभिनेता विपिनले भने नामले नै फिल्म अनुमान गर्न सकिने बताए । ‘हाम्रो टिमअप राम्रो भएको छ र फिल्मलाई राम्रो बनाउने हाम्रो हर प्रयास रहनेछ’ विपिनले भने । वर्षाले राम्रो टिमअपलाई झनै च्यालेन्ज रहेको बताइन । फिल्म आउँदो वर्षको तीजमा रिलिज हुनेछ । ‘











