सहयोगी किरण

फिल्म । विश्वनै कोरोना भाइरस (कोभिड १९) को महामारीले ग्रसित छ । सामाजिक दुरी कायम गरेर कोरोना भाइरसको संक्रमण फैलिनबाट रोक्न सकिने भएकाले अहिले विश्वका अधिकांस देश ‘लकडाउन’ छ । नेपाल पनि गत चैत्र ११ गतेदेखि लकडाउन छ । लकडाउनको समयमा अभिनेता किरण केसीले समाज सेवामा सक्रियता देखाएका छन् ।

दैनिक काम गरेर जीवनयापन गर्ने मजदुरहरुका लागि भन्दै किरणले सय बोरा चामल र दश हजार माक्स महालक्ष्मी नगरपालिकालाई सहयोग गरेका छन् । नगरपालिका मार्फत विपन्न परिवारलाई प्रदान गरिने गरि नगरपालिकालाई किरण र राज केसी मिलेर सहयोग गरेका हुन् ।हाँस्य कलाकार किरण केसी कलाकारितासँगै समाजसेवामा पनि सक्रिय छन् । किरणको घर छेउकाे चोकलाई राता मकै चोक राखिएको छ । उनले, सो चोकमा गेट निर्माण समेत गरेका छन् ।

Posted by Kiran KC on Thursday, April 9, 2020
कमेन्ट गर्नुहोस्