फागुन १९ मा ‘बुलाकी’

फिल्म। सुरक्षा पन्त अभिनित फिल्म ‘बुलाकी’ फागुन १९ गते प्रदर्शन हुने भएको छ । केहि अगाडी कार्तिक १८ गते प्रदर्शन गर्ने घोषणा गरिएको भएता पनि मंसिरमा हुन लागेको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनलाई दृष्टिगत गरि मिति परिवर्तन गरिएको जानकारी निर्माता टोपेन्द्र विष्टले दिएका छन् । ‘देश चुनावमा होमिएको र सचेत नागरिकको हौसिएतले निर्वाचनमा सहभागी हुनपर्ने भएकाले प्रदर्शन मिति हेरफेर गरेका हौ,’ निर्माता टोपेन्द्रले भने,‘चुनावको माहौलमा आम मानिसमा ‘इन्टरटेन्मेन्ट मुड’ नहुने पाइएकाले फिल्म सारेका हौ ।’

लक्ष्मण सुनार निर्देशीत फिल्म ‘बुलाकी’ को नयाँ पोस्टर रिलिज गर्दै नयाँ मिति सार्वजनिक गरिएको हो । सार्वजनिक ‘फस्टलुक’ मार्फत नै चर्चा बतुलिरहेकी ‘बुलाकी’ मा सुरक्षासँगै नरेन खड्का र विराज बिष्ट मुख्य भूमिकामा छन् । स्व.मोति बिष्टको प्रस्तुति रहेको फिल्म छत्रेश्वरी म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण भएको हो । कर्णाली भेगको जनजीवन र प्रथामा आधारित फिल्मलाई शिव ढकालले खिचेका हुन् भने अर्जुन जिसीले सम्पादन गरेका हुन् । गोपाल कायस्थ र एफडिले वितरण गर्ने फिल्मको स्क्रिप्ट निर्देशक स्वयम् अभिनेता विराज, राजबहादुर साने र निर्मल पौडेलले तयार गरेका हुन् ।

कमेन्ट गर्नुहोस्