पोइ पर्यो कालेसँग ‘घामड शेरे’ ?

फिल्म । भाद्र देखि एकपछि अर्को प्रतिक्षित फिल्म लगातार प्रदर्शनमा आउंदैछन् भने केहि त सँगै समेत भिड्दै छन् । भिडन्तको सम्भावनाको संकेत देखिएको छ आउँदो कार्तिक ८ गते । यो डेटमा शिशिर राणाको निर्देशनमा तयार भइरहेको फिल्म ‘पोइ पर्यो काले’ ले रिलिज घोषणा गरिसकेको छ । तर , यहिँ मितीमा हेमराज विसीको निर्देशनमा तयार भइरहेको फिल्म ‘घामड शेरे’ पनि प्रदर्शनमा आउँन सक्ने संकेत देखिएको छ । फिल्मी बजारको हल्लालाई मान्ने हो भने यी दुइ फिल्मले सँगै आउने मनस्थिति बनाइसकेका छन् ।

यद्दपी ‘घामड शेरे’ ले रिलिज घोषणा गरिसकेको छैन । यसमा निश्चल बस्नेत र स्वस्तिमा खड्का मुख्य भूमिकामा छन् भने ‘पोइ पर्यो काले’ मा सौगात मल्ल , सृष्टी श्रेष्ठ , पुजा शर्मा र आकाश श्रेष्ठ रहेका छन् । रमाइलो पक्ष त के छ भने यसलाई स्वस्तिमा र पुजाको भिडन्तको रुपमा समेत हेरिएको छ । एउटा फिल्मको कार्यक्रममा स्वस्तिमाले कलाकारले पुग्दो पारिश्रमिक लिएपछि त्यही अनुसार दर्शक पनि हलमा ल्याउन सक्नु पर्ने तर्क गरेकी थिइन् ।

मिडियाले उनको यो भनाइलाई पूजा तर्फ संकेत रहेको जनाए । पूजाले त्यसको केही दिन अघि मात्र एउटा बेनामे फिल्ममा २० लाख लिएको समाचार आएको थियो भने ‘पोइ पर्यो काले’ मा पनि त्यति नै रकम बुझेको केहि समय अगाडी खबर मिडियामा न आएका होइनन् । बाख्रो हराउनु र चितवा कराउनु एकै समय जस्तो पर्यो । पूजालाई व्यंग्य गरेको लागेपछि पूजाका फ्यान स्वस्तिमा विरुद्ध खनिए ।

पूजाले नै स्ट्याटस हालेर अरु कलाकारलाई सम्मान दिन आग्रह गरिन् र स्वस्तिमाले पनि आफ्नो भनाइ पूजा लक्षित नरहेको स्पष्टिकरण दिइन् । उक्त बेलामा यी दुइले सामाजिक सञ्जालमा सौहार्दपूर्ण वातावरण देखाए पनि आन्तरिक रुपमा भने एक अर्कासँग रुष्ट रहेको श्रोतको भनाइछ । त्यसैले पनि आउँदो कार्तिक ८ मा दुइ फिल्म आएमा ‘स्वस्तिमा भर्सेस पुजा’ को गसिपले राम्रै चर्चा पाउनेछ ।

कमेन्ट गर्नुहोस्