कप्तान सुब्बा आज नेपाल आउँदै

फिल्म । गएको होलीलाई लक्षित गर्दै गत फागुन २९ गतेदेखि प्रदर्शनरत फिल्म ‘अञ्जिला’ को प्रचारमा यसकी मुख्य कलाकार अञ्जिला तुम्बापो सुब्बा जोडिने भएकी छिन् । नेपाली राष्ट्रिय महिला फुटवल टिमकी कप्तान तथा गोलरक्षक सुब्बा आज ग्रिसबाट नेपाल आइपुग्दैछिन् । उनलाई फिल्म निर्माण टिमले विमानस्थलमा भव्य स्वागत गर्दै दर्शक भेटाउन हलमा लग्ने छ ।

करिब पाँच दिन नेपाल रहँदा उनी काठमाडौँ उपत्यकासँगै मोफसलका हलसम्म पुगेर दर्शकलाई भेट्नेछिन् । उनले नेपाल आउनु अगाडि एक भिडिओ संदेश प्रवाह गर्दै आफू दर्शकसँग फिल्म हेर्न अधैर्य रहेको बताएकी छिन् ।

‘तपाइँले दिनुभएको मायाले म नेपाल आउँदैछु, सम्भव भएसम्म तपाइँलाई हलमा भेट्न आउने छु । यो यात्रा मेरो लागि नयाँ अनुभव हुनेछ’, कप्तान सुब्बाले भनेकी छिन् । निर्देशक मिलन चाम्सले ‘अञ्जिला’को सफलताप्रति खुसी व्यक्त गरे ।

कप्तान सुब्बाको धर्मपितासमेत रहनुभएका प्रेमकुमार श्रेष्ठले निर्माण गर्नुभएको ‘अञ्जिला’ मा सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

कमेन्ट गर्नुहोस्