‘सिङ्गिङ स्टार’ आगामी सातादेखि प्रशारण हुने

टिभी । गायनमा भविष्य खोज्ने प्रतिभालाई लक्षित गर्दै निर्माण गरिएको गायन प्रतियोगीताम्क शो ‘सिङ्गिङ स्टार नेपाल सिजन १’ को प्रशारण आउँदो हप्तादेखि सुरू हुनेभएको छ । ‘रील्स इन्टरटेन्मेन्ट’ को प्रस्तुतीमा तयार भएको ‘सिङ्गिङ स्टार नेपाल सिजन १’ आउँदो हप्ता माघ १२ गते प्रत्येक हप्ताको शनिवार र आइतबार राति ९ः०० बजे प्राइमटाइम्स एचडी टिभीबाट प्रशारण हुँदैछ । शो माघ ५ गतेदेखि प्रदर्शन हुने भनिएता पनि प्राविधिक कठिनाईका कारण एक हप्ता सारिएको निर्देशक तथा प्रोजेक्ट हेड प्रमोदकुमार भण्डारीले बताए

नेपालकै मौलिकतालाई प्रवर्द्धन गर्ने उदेश्यसहित तयार गरिएको मौलिक नेपाली शोमा निर्णायकको भूमिकामा गायिका डा त्रिशला गुरुङ, सङ्गीतकार अर्जुन पोखरेल र गायक सनुप पौडेल रहेका छन् । यसको निर्माता टोलीमा शिखर गौतम, बुद्धि प्रसाद ढुङ्गाना, र नभराज चौलागाईं छन् । कार्यक्रमको सञ्चालन नम्रता श्रेष्ठ र विशाल पोखरेलले गर्नेछन् ।

‘सिङ्गिङ स्टार नेपाल’ को उद्देश्य नेपाली सङगीतप्रेमी दर्शकलाई मनोरञ्जन मात्र होइन, नेपाली सङ्गीत क्षेत्रका लागि नयाँ प्रतिभाशाली गायक र गायिका खोज्ने रहेको निर्देशक भण्डारीले बताए । नेपाली सङ्गीत क्षेत्रमा नयाँ आयाम थप्ने विश्वास गरिएको शो ‘सिङ्गिङ स्टार नेपाल’ कार्यक्रमको बजार व्यवस्थापन तपस्या क्रिएसन ले गरेको छ ।

कमेन्ट गर्नुहोस्