‘प्रेम लीला’ पोस्टरमा दीपशिखाको दुई रुप

फिल्म । ‘प्रेम लीला’ को पोस्टर सार्वजनिक भएको छ । नायिका दिपशिखा खड्का र भारतीय मोडल अली खानको मुख्य भूमिका रहेको फिल्मको पोष्टरमा फिल्मका तीन मुख्य पात्र दिपशिखासँगै नायकद्वय अलि र मौसम फिचर्ड छन् । सार्वजनिक पोस्टरमा दीपशिखा दुवै नायकसँग देखिएकी छिन भने उनको गेटअप दुई रहेको छ ।

अन्तर्देशीय प्रेमलाई मुख्य विषय बनाइएको फिल्ममा पबन गौतमको छायाँकन, चन्दन दत्त र सालिक दुलालको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । फिल्ममा महेश खड्का, नबिन कार्की र रबिराज शाहको संगीत, राजेश पायल राइ, शोभा पाण्डे र भारतीय गायक राजा हसनको स्वर रहेको छ ।

यसमा सुरज तमु, रेखा शाह, शर्मिला शर्मासँगै भारतीय कलाकारहरु अर्चना शुक्ला, ट्वीकंल श्रीवास्तव लगायतको पनि अभिनय रहेको छ । नायिका खड्काकै कथा तथा लेखन रहेको फिल्मलाई नानीमैया कार्की र फैजिल फिल्म्सले संयुक्त रुपमा निर्माण गरेका हुन् । फिल्म माघ २५ मा रिलिज हुनेछ ।

कमेन्ट गर्नुहोस्