गर्लफ्रेन्डको लागि सलमानको यस्तो साथ्

जयहोस् । बलिउडका भाइजान अभिनेता सलमान खान पछिल्लो समय धेरैको फिल्ममा सहयोगी बन्दै आएका छन् । उनले केहि समय अगाडी मात्र सार्वजनिक भएको फिल्म ‘यमला पगला दिवाना फिर से’ मा पनि केमियो गरेका थिए । भारतीय मिडियामा आएको खबर अनुसार धेरै फिल्ममा केमियो गर्ने कलाकारमा पर्छन , सलमान । उनि आफैले पनि आफ्नो उपस्थितिले कसैलाई फाइदा पुग्छ भने आफु देखिन तयार हुने बताउछन् । यिनै सलमान आफ्नै गर्लफ्रेन्ड युलिया वन्तुरको डेब्यु फिल्म ‘राधा क्यु गोरी मै क्यु काला’ मा केमियो गर्दैछन् । फिल्ममा सलमान गीतसँगै केहि दृश्यमा पनि देखिनेछन । प्रेम सोनीको निर्देशनमा तयार भईरहेको फिल्मलाई दर्शकले आउदो वर्ष सन् २०१९ को मे मा हेर्न पाउनेछन् । सलमानले केहि समय अगाडी कट्रिना कैफ अभिनित फिल्म ‘अजब प्रेमकी गजब कहानी’ मा पनि केमियो गरेका थिए ।
कमेन्ट गर्नुहोस्