‘साहो’ पछी के गर्दैछन् प्रभास ?

फिल्म । साउथ इण्डियन अभिनेता प्रभास बाहुबली सिरिज मार्फत चर्चामा आए । यसैले गर्दा यिनको पहिचान त बढ्यो नै यिनको गतिविधिले बलिउडमा पनि उत्तिकै चर्चा पाउछ । यी प्रभास यतिबेला फिल्म साहोको काममा व्यस्त छन् । केहि समय अगाडी उनकै जन्मोत्सवमा फिल्म युनिटले एक्सन मेकिङ सार्वजनिक गरेको थियो , जसले निकै चर्चा पायो । उनका फ्यानले निकै कुरिरहेको फिल्मलाई आउदो अगस्तमा निर्माण टिमले रिलिज गर्दैछ । तर फिल्म रिलिजपछी प्रभास के गर्दैछन् भन्ने चर्चा बढ्दो छ ।

भारतीय मिडियामा आएको खबरलाई आधार मान्ने हो भने उनले साहोको काम सकाएर विवाह गर्नेछन् । उनका मामाले नै एक अन्तर्वार्ताको क्रममा प्रभास अब विवाह बन्धनमा बाधिने जनाएका छन् । तर कहाँ र को संग भन्ने बारे भने केहि बताएनन् । पछिल्लो समय बाहुबली स्टारर अनुष्का शेट्टीसँग नै प्रभासको अफेयरको खबरले मिडियामा राम्रो चर्चा पाइरहेको छ । उनको विवाहबाट पर हटेर साहोको चर्चा गर्ने हो भने फिल्म तिन भाषा तमिल , तेलगु र हिन्दिमा रिलिज हुनेछ भने यसलाई सुजीथले निर्देशन गरेका हुन् । फिल्ममा प्रभाससँगै श्रद्धा कपूर , ज्याकी श्राफ लगायतका कलाकारको पनि अभिनय रहेको छ ।

कमेन्ट गर्नुहोस्