‘पोइ पर्‍यो काले’ सबैले हेर्न पाउने

फिल्म । आउँदो कार्तिक ८ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘पोइ पर्‍यो काले’ लाई सबैले हेर्न पाउने भएका छन् । केन्द्रीय चलचित्र जाच पास समितिले फिल्मलाई यु अर्थात युनिभर्सल प्रमाणपत्र दिएको छ । फिल्म हेरिसकेपछि सेन्सर बोर्डले केहि दृश्य हटाउन निर्देशन दिदै युनिभर्सल सर्टिफिकेट दिएको हो । अब फिल्मलाई सम्पूर्ण उमेर समूहले हेर्न पाउनेछन् । फिल्ममा सौगात मल्ल , सृष्टी श्रेष्ठ , पुजा शर्मा , आकाश श्रेष्ठ, सुरक्षा पन्त लगायतको अभिनय रहेको छ । फिल्ममा अभिनेत्री पूजाको नाम पूजा नै छ । उनलाई आफू निकै राम्री रहेको घमण्ड छ ।

काले वर्णको युवक पिटिक्कै मनपराउँदिनन् । सौगातले भने कालो वर्णको एक युवकको भूमिकामा निभाएका छन् । उनी पूजालाई मनपराउँछन् । फिल्ममा सोहित मानन्धर, राजाराम पौडेल, शिशिर राणा, किरण नेपाली, श्रृष्टि खड्कालगायतका कलाकारहरुको पनि अभिनय छ । शिव ढकालले फिल्म खिचेका हुन् भने कमल राई र रामजी लामिछानेको कोरियोग्राफी छ । किरण नेपाली प्रस्तुतकर्ता रहेको फिल्ममा राजिव गुरुङ र सरोज नेपालीको लगानी छ । अमलादेवी राई फिल्मकी कार्यकारी निर्माता हुन् । फिल्मका लेखक तथा निर्देशक शिशिर राणा हुन् ।

विज्ञापन

उनले यसअघि फिल्म ‘तिमीसँग’ को क्याप्टेनसिप सम्हालेका थिए । शिशिर पनि सेन्सर बोर्डबाट पाएको प्रतिक्रियाले उत्साहित छन् । ‘नाम सुन्दा कालो केटालाई अपमान गरे जस्तो लाग्न सक्छ तर ट्रेलर होइन फिल्म हेरेर यसको मुल्यांकन गर्नुस्’ उनले भने । उनले यो फिल्मको कथा आफ्नै रहेको र कहिँ कतैबाट प्रभावित नरहेको समेत प्रस्ट्याए । तारा थापा ‘किम्भे’ को सम्पादन रहेको फिल्ममा लालबहादुर खाती र अर्जुन पोखरेलको संगीत छ ।

कमेन्ट गर्नुहोस्