अनमोलले खुलाए ‘क्यारेक्टर र लुक्स’ (भिडियो सहित)

फिल्म । अनमोल केसी अभिनित फिल्म ‘ए मेरो हजुर ३’ को छायाँकन भईरहेको छ । फिल्ममा अनमोल रकस्टार त देखिएका छन् नै साथमा उनले प्रेमको भूमिका निर्वाह गर्दैछन् । अनमोलले इन्स्टाग्राममा शेयर गरेको स्टोरीमा फिल्मको नाममा ह्यासट्याग गर्दै आफ्नो क्यारेक्टर नाम पनि खुलाएका छन् ।

केहि समय अगाडी अनमोलले राजधानीमा शुटिङ गरेका थिए , जहाँ उनि कन्सर्टको लागि आउछन । किनकी उनको नामको होडिङ बोर्डले यस्तै दृश्यलाई दर्साउछ । होडिङ बोर्डमा अनमोलले गितार समातेर गाउदै गरेको देख्न सकिन्छ भने यसमा उनको क्यारेक्टरको नाम प्रेम हुन्छ । ‘लाइभ कन्सर्ट विथ सुपरस्टार प्रेम’ लेखिएको हामीले देख्न सक्छौ ।

अनमोलको रिलिजको क्रममा रहेको फिल्म ‘क्याप्टेन’ मा उनि फुटवलरको भूमिकामा देखिएका छन् भने ‘ए मेरो हजुर ३’ मा गायकको भूमिकामा । हामीले फिल्मको छायाँकनकै क्रमको केहि दृश्य प्राप्त पनि गरेका छौ । उक्त दृश्यमा अनमोल एअरपोर्टमा देखिएका छन् । जहाँ उनलाई भेट्न फ्यानहरु हुन्छन तर उनि तनावग्रस देखिदै भिड पार गरेर जान्छन् ।

झरना थापाको निर्देशनमा तयार भईरहेको फिल्म मार्फत उनकै छोरी सुहाना थापा डेब्यु गर्दैछिन् । पोष्टरमा अनमोल तर सुहाना रोमान्टिक मुडमा देखिएका छन् । फिल्ममा सलोन बस्नते, अर्पण थापा, रविन्द्र झालगायतका कलाकारहरुको पनि अभिनय रहेकोछ । निर्देशक थापा र सुमन पौडेलको कथा रहेको फिल्ममा कल्याण सिंह, कोशिश क्षेत्री, प्रतिक पौडेल र आशिश अविरलको संगीत रहेकोछ । फिल्ममा रोशन श्रेष्ठको द्वन्द्व र सञ्जय लामाको छायाँकन रहेकोछ ।

कमेन्ट गर्नुहोस्