जाँचपासमा ढिलाई भए मुभी कोड उपलब्ध गराउन बोर्डलाई निर्देशन

फिल्म । चलचित्र विकास बोर्डले स्वदेशी तथा विदेशी चलचित्र जाँच (सेन्सर) का लागि तीन दिन अगावै कागजात मिलाउनु पर्ने नियमका कारण अग्रिम बुकिङ्ग खुल्ला गर्न समस्या भएमा स-शर्त मुभी कोड उपलब्ध गराउन सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयले बोर्ड अन्तर्गत रहेको बक्सअफिस शाखालाई निर्देशन दिएको छ। फिल्म जाँचपासमा ढिलाई नगर्न र ढिला हुने भएमा शर्त पालना गर्ने प्रतिबद्धता गराई अग्रिम बुकिङ्गको लागि मुभी कोड उपलब्ध गराउन बोर्डलाई निर्देशन दिएको हो। अब हल संचालकले सेन्सर अगावै मुभी कोड लिएर बुकिङ्ग खुल्ला गर्न पाउनेछन्।

‘व्यवसायीले निर्धक्क भएर व्यापार गर्न पाउनु पर्छ। हाम्रो छलफलमा उठाईएको समस्यालाई समधान गर्नुभएकोमा मन्त्रालय प्रति कृतज्ञ छौं’,नेपाल चलचित्र सङ्घका पुर्व अध्यक्ष प्रदीपकुमार उदयले बताउनु भयो। पुर्व अध्यक्ष उदयसहित सङ्घका पदाधिकारीले सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय पुगेर समस्या बारे अवगत गराएका थिए।

कमेन्ट गर्नुहोस्