आफ्नै डेटमा फर्कियो ‘जन्त्ते बाख्रो’

फिल्म । नेपाली फिल्म ‘जन्ते बाख्रो’ ले जेठ २३ मै प्रदर्शन हुने भएको छ । पहिलो गीत ‘घामै राजा’ सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा जेठ ९ मा प्रदर्शन हुने घोषणा गरेको फिल्म पुनः जेठ २३ मै प्रदर्शन हुने निर्माण पक्षले जनाएका छन् ।

अभिनेता सौगात मल्ल, आशिफ शाह र अभिनेत्री गरिमा शर्माको मुख्य भूमिका रहेको फिल्म ‘जन्ते बाख्रो’ लाई अभिनेता राजेश हमालको फिल्म ‘नरसिंहा अवतार’ सँग नजुधाउन आग्रह गरिएपछि पुरानै डेटमा फर्किएको हो । यसअगाडि पनि ‘के घर के डेरा : घर नम्बर २’ लाई जेठ ९ मा प्रदर्शन नगर्न आग्रह गरेको थियो। उक्त फिल्म अब जेठ २ मा प्रदर्शन हुने भएको छ ।

निर्माण टिमले यसलाई बेहुली भित्र्याउने दिन जन्तीलाई खुवाइने भोजलाई जन्ते बाख्रो रुपमा चित्रण गर्न खोजेको बुझिन्छ । सिमोस सुनुवारको निर्देशनमा तयार भएको फिल्ममा सौगात, आशिफर गरिमासँगै रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेर लगायतका कलाकारहरुको अभिनय रहेको छ । मुईन इन्टरटेनमेन्टको प्रस्तुति रहने ‘जन्ते बाख्रो’ सामाजिक कमेडी कथावस्तुमा निर्माण भएको छ । प्रदीप भारद्धाजको कथा, पटकथा र संवाद लेखन रहेको फिल्मको निर्माता सन्तोष गौतम हुन् ।

हरि हुँमागाईको डिओपी, उत्तम हुँमागाईको सिनेमाटोग्राफी, सुनिल शिवभक्तिको सम्पादन र रोयल भिमसेन (ट्राइडेन्ट कन्सेप्ट टिम) को पोस्टर डिजाइन रहेको फिल्मलाई टिफल्क फिल्मस्ले वितरण गर्ने गर्दैछ ।

कमेन्ट गर्नुहोस्