निर्देशक भन्छन् ‘८० प्रतिशत सन्तुष्ट छु’

फिल्म । यतिबेला अभिनेत्री नम्रता श्रेष्ठ फिल्म ‘जाइरा’ को प्रमोसनमा व्यस्त छिन् । उनले फिल्ममा शिर्ष भूमिका निर्वाह गरेकी छिन् भने उनि मिक्स मार्शल आर्टको खेलाडीको रुपमा छिन् । उनले फिल्मको क्यारेक्टरकै लागि ८ महिना प्रशिक्षण लिएकी थिइन् भने कपाल पनि काटिन । उनले ‘जाइरा’ बन्न आफ्नो तर्फबाट केहि कसर बाँकी राखिनन् । फिल्म गर्दै गएपछि एक समयमा आएर उनि निर्मात्री समेत बनिन् । उनि आयोजित कार्यक्रममा डेब्यु निर्देशक आशुतोष श्रेष्ठको तारिफ गर्छिन् । फिल्मको कन्सेप्ट मार्फत नै आशुतोषले नम्रतालाई इम्प्रेस गरेका थिए भने यतिबेला फिल्म रिलिजको तयारीमा छ । तर , फिल्म झन्डै वर्ष दिन अगाडी नै रिलिज हुने चर्चा थियो ।

त्यसपछि बारम्बार डेट सर्दै आउँदो भाद्र ६ मा रिलिज हुँदैछ । आखिर यत्रो ढिलो किन त ? निर्देशक आशुतोषले ढिलीनुको कारण भीएफएक्स बताए । ‘हामीसंग भीएफएक्स गर्ने होनहार प्राविधिक हुनुहुन्छ तर हामीले उहाअनुसारको बजेट दिन सक्दैनौ’ उनले भने । उनका अनुसार भीएफएक्स राखेर बनाउने फिल्मको बारेमा कयौ पटक सोचेर मात्र निर्णय लिनु पर्छ । किनकी उनले नेपाली फिल्मको मार्केटका कारण बजेटको दायरा रहेको बताउछन् । तथापी उनले आफ्नो श्रोत र साधनले भ्याएसम्म ८० प्रतिशत भन्दा बढी भीएफएक्समा सन्तुष्ट रहेको बताए ।

‘जाइरा’ मा नम्रतासँगै प्रमोद अग्रहरी, अनुप बिक्रम शाही, रेमन दास श्रेष्ठ, नव–कलाकारहरु श्रृजना रेग्मी, सुजता श्रेष्ठ र सम्राट मगरले शिर्ष भूमिकामा अभिनय गरेका छन् । निर्देशक श्रेष्ठ र निरोज महर्जनले पटकथा तयार पारेका हुन् । प्रशन्न गोपाली कार्यकारी निर्माता रहेको फिल्मलाई बाबु श्रेष्ठले खिचेका हुन् भने लोकेश बज्रचार्यको सम्पादन छ । अभिनेत्री श्रेष्ठको होम प्रोक्डक्सन नम्रता श्रेष्ठ प्रोडक्सन र ट्रेन्ड सेटर्सको ब्यानरमा निर्माण भएको फिल्ममा सम्राट बस्नेको द्वन्द्व निर्देशन छ ।

कमेन्ट गर्नुहोस्